समाचार
अत्यन्त जरूरी सूचना
निशुल्क आखाँ शिविर सम्बन्धी जनहितमा जारी अत्यन्त जरुरी सूचना ः
यहि मिति २०७५ श्रावण १२ गते शनिबारका दिन बिहान ९ बजे देखि सरुमारानी गा.पा र लमही आँखा अस्पतालको संयुक्त आयोजनमा एक दिने निशुल्क आखा शिविर संचालन हुन गैरहेकाले उक्त शिविरमा आँखाका बिरामीहरुले निशुल्क सेवा लिनु हुन यो सूचना प्रकाशित गरिएको छ । साथै शिविरको व्यवस्थापन र प्रचार प्रसारमा आवश्यक सहयोग गरिदिनुहुन सम्पूर्ण राजनितिकदल, जनप्रतिनिधिहरु, स्वास्थ स्वयम सेविकाहरु , स्थानिय संघ संस्था एवम समाज सेवी महानुभावहरुमा सरुमारानी गा.पा हार्दिक अनुरोध गर्दछ ।
स्थान ः जनता मा.वि बड्डाँडा प्यूठान , सरूमारानी गा.पा ४